काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो ।  देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो ।
८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । तर, देउवाले विस्तार गरेको मन्त्रिपरिषद् समावेशी छैन । देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्य रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा खस/आर्य समुदायबाट प्रधानमन्त्रीसहित ११ जना मन्त्री रहेका छन् । प्रतिशतको आधारमा हेर्ने हो भने खस(आर्य समुदायको ४४ प्रतिशत सहभागिता छ । खस/आर्य समुदायबाट ११ जना, महिला ६ जना, मधेसी ४ जना, आदिवासी जनजाति ८ जना, दलित १ जना, मुस्लिम छैन,  अल्पसंख्यक छैन  ।  यो समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया