काभ्रे (पनौती) – पनौतीलाई विश्वसामु चिनाउन हाते पुस्तक सार्वजनिक गरिएको छ ।

पनौती नगरपालिकाले तयार पारेको ‘घुम्नै पर्ने पनौती’ नामक हाते पुस्तिका पर्यटन बोर्डको हलमा विमोचन आज (बुधबार) गरिएको हो । पर्यटन बोर्डका पदाधिकारी, पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधी, संचारकर्मी तथा पनौतीका कर्मचारीको उपस्थितीमा हाते पुस्तिका पर्यटन बोर्डको हलमा बिमोचन समारोह कार्यक्रम सम्पन्न भएको हो ।

पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संविधान सभाका सदस्य रामहरी सुबेदीको प्रमुख आतिथ्यता, पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जारा, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद वाग्ले, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल पर्यटन विभागका निर्देशक पर्यटन सम्बन्धि काम गर्ने विभिन्न संघ सस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।


तपाईको प्रतिक्रिया