काभ्रे (धुलिखेल) – धुलिखेल नगरपालिकाका विद्यालयहरुमा आज देखि भौतिक रूपमा पठनपाठन सुरु भएको छ ।

धुलिखेल नगरपालिकाले नगरका सबै विद्यालयलाई भौतिक रूपमै उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिएसँगै पठनपाठन सुरु भएको हो ।

नगरपालिकाका उपसचिब माधवप्रसाद शर्माले  बालविकास देखि कक्षा १२ सम्मका सबै विद्यालयले भौतिक रूपमा उपस्थित भएर पठनपाठन गर्न हिजो निर्देशन जारी गरेका थिए ।

बाल विकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई यसअघि दिँदै आएको दिवा खाजा समेत व्यवस्था गर्न सबै विद्यालयलाई नगरपालिकाले निर्देशन दिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै लकडाउन  भएकाले यस वर्षको पठनपाठनपनि प्रभावित बनेको छ ।

यसअघि नगरपालिकाले भदौ १८ गते एक सूचना जारी गर्दै बैकल्पिक सिकाईका विधी मार्फत ६ देखि १२ कक्षासम्म र आलोपालो विधी अपनाएर पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको थियो ।


तपाईको प्रतिक्रिया