हामी स्वादको लागि खाना खाइरहेका छौ । हामीले खानामा स्वादलाई नै बढी प्राथमिकता दिइरहेका छौँ । तर खाना स्वादिलो बनाउने क्रममा हाम्रो स्वास्थ्यसँग सम्झौता गर्न हुँदैन । जुन स्वास्थ्यवद्र्धक खाना हो, त्यो स्वादिलो हुँदैन । जुन खाना स्वादिलो हुन्छ त्यसमा नुन, चिल्लो र गुलियो कुराको प्रयोग बढी भएकाले त्यो हाम्रो स्वास्थ्यका लागि राम्रो हुँदैन । स्वादिलो र मिठो दुबैलाई सन्तुलन गरेर खान सकियो भने त्यो अत्यन्तै उपयोगी हुन्छ । तर यसका केही बाधकहरु छन् ।

एउटै खाना स्वादिलो र स्वस्थकर किन हुन सक्दैन ? यसमा तीनवटा बाधकहरु छन् । पछिल्ला दिनमा स्वस्थकर खाना जस्तै : साग, सब्जी ,गेडागुडी लगायत अलि महँगो पनि भएको छ । अर्को स्वस्थ्य आहारको उपलब्धतामा पनि कमि छ । अझ त्यसमा पनि मानिसमा ज्ञानको कमि भएको छ । खानाको सहि जानकारी नहुँदा पनि हामीले स्वस्थ्यकर खाना अभ्यास गरिरहेका छैनौँ ।

अझै पनि हाम्रो समाजले मानिसको शरीरि बनावट अनुसार उनीहरुको खानापानबारे विश्लेष गरिरहेको छ । मोटो शरिरि भएका र धनाड्य व्यक्तिले मिठो खाना खाने र पातलो शरिरि भएकाले कम खाने भन्ने खालको गलत सोचले धेरै फरक पार्छ । योभन्दा पनि हामीले कत्तिको स्वस्थकर खाने खाइ रहेका छौँ भन्ने विषयमा पनि सोच्ने कि ?

स्वस्थ मुटुको लागि यस्ता खानेकुरा खाऔँ

खानाको सहि पहिचान गरौं ,हाम्रो खाना कस्तो हुनुपर्छ भन्ने कुरा हामीलाई थाहा हुन जरुरी छ । हामी जुन खानेकुरा खान्छौं त्यसको बारेमा विश्लेषण गर्न सक्नुपर्छ । कुनैपनि खानामा काब्रोहाइड्रेड, प्रोटिन, फ्याट, भिटामिन्स र मिनरल्स तथा फाइबर कति छ भन्ने जानकरी राख्नुपर्छ । मानिसको बदलिँदो खानेबानीसँगै खानाकै कारण विभिन्न खालका स्वास्थ्य समस्याहरु देखिन्छन् । तिनै समस्यामध्ये कब्जियत, मोटोपना, ठूलो आन्द्राको क्यान्सरजस्ता समस्या धेरैको साझा बनिरहेका छन् ।

फाइबरयुक्त खाना
विशेषगरी सहर बजारमा मानिसहरु रिफाइन्ड खानेकुरा अधिक मात्रा खाने गर्छन् । तर फाइबर कम खानाले शरीरमा अनावश्यक क्यालोरी जम्मा भई मोटोपना हुने, कब्जियतलगायतको समस्या बढिरहेको बारेमा ज्ञानको कमी भएको छ । त्यसैले पनि हामीले खाने खानामा फाइबरको मात्रा कति छ भन्ने हेर्न जरुरी छ । गुन्द्रुक, सिन्की, किम्ची, सिमी, पपकर्न, आल्मन्ड, ओखर, तिल, स्टबेरी तथा अन्य बेरीहरू, किम्बु, आरु, घिउ, फल फाइबरका राम्रो स्रोत हुन् । यसमा पनि हामीले नुन र तेलको मात्रा घटाएर मसला सहि रुपमा प्रयोग गरेमा स्वास्थ्यमा फाइदा मिल्छ ।

भात
चामलमा कार्बोहाइड्रेड अत्यधिक हुन्छ । फ्याट, प्रोटिन तथा फाइबर कम हुन्छ । सबै दृष्टिकोणबाट हेर्दा भातलाई राम्रो खाना मानिदैन । चामलको सतहमा हुने फाइदाजनक कुराहरु मिलबाटै हटेर आउँछ । साथै पखाल्दा पनि त्यसमा भएका फाइदाजनक कुराहरु पनि हट्छन् । जसमा कार्बोहाइड्रेड मात्र बचेको हुन्छ । भातको मात्रा खाँदा यसले हाम्रो शरीरमा कार्बोहाइड्रेड बढी लिइरहेका हुन्छौ । त्यसले दुरगामी असर पार्दछ । अनुसन्धानका क्रममा कार्बोहाइड्रेडको बढी प्रयोगले पछि मधुमेह, उच्च रक्तचाप, मुटु रोग लगायतका समस्याहरु देखिन्छन् ।

मकै, गहुँ र जौ
मकै, गहुँ र जौमा प्रोटिन तथा फाइबरको मात्रा बढी हुन्छ । अझ मकै र गहुँ भन्दा पनि जौं अत्यधिक राम्रो मानिन्छ । यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । त्यसैले पनि एक टाइम भात र एकटाइम रोटी खाने गरेमा स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । मकै र गहुँमा फाइबरको मात्रा बढी हुन्छ । यदि भातको मात्रा घटाएर मकै गहँु र जहुँको मात्रा बढायौं भने स्वास्थ्यका लागि निकै राम्रो हुन्छ ।

दाल र गेडागुडी
दाल र गेडागुडी हाम्रो शरिरको लागि सबैभन्दा उपयोगी खाना हो । यो सस्तो भएकाले सबैको भान्सामा प्रयोग गर्न सकिन्छ । केही रोग भएका व्यक्तिहरु बाहेक अन्य व्यक्तिलाई गेडागुडीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ । यसमा कार्बोहाइड्रेड निकै कम हुने र प्रोटिनको मात्रा धेरै हुने तथा फाइबरको मात्रा पनि राम्रो हुन्छ । तर, ध्यान दिनुपर्ने कुरा दाल तथा गेडागुडी पकाउने बेलामा त्यसलाई तेल र घिउ हालेर धेरै भुट्नु हुँदैन । खानामा हामीले भातको मात्रा कम गेडागुडीको मात्रा बढाएमा स्वास्थ्यको लागि धेरै फाइदा मिल्छ ।

तरकारी र सागसब्जी
तरकारी र सागसव्जीमा कार्बोहाइड्रेड निकै कम हुन्छ । प्रोटिन तथा फाइबरको मात्रा अत्यधिक हुन्छ । सागमा हुने फाइबरको मात्राले शरिरमा रहेको कोलेष्ट्रोल घटाउँछ । सुगरको मात्रा घटाउने र मुटु रोग र अन्य रोग लाग्नबाट बचाउँछ । दिनमा ३ देखि ४ पटक हरियो ताजा तरकारी खाँदा स्वास्थ्यलाई राम्रो मान्छि । तर तरकारीलाई धेरै तेल हालेर धेरैबेरसम्म भुट्नु हुँदैन ।

फलफूलहरु
फलफूल जति खान्छौं स्वास्थ्यका लागि त्यति नै राम्रो हुन्छ । एउटा स्वास्थ्य व्यक्तिले प्रत्येक दिन कम्तिमा पनि दुइवटा मध्यम आकारको जुनसुकै फल खान सक्छन् । महँगो र बजारमा फाइने फल नै खानुपर्छ भन्ने होइन । आफ्नो वरपर र बगैचामा फलेका मौसमी फल जुनसुकै फलको पनि प्रयोग गर्न सकिन्छ ।

ड्राइ फ्रुट्स
ड्राइ फ्रुट्स बारे मानिसहरुको फरक फरक धारण हुन्छ । ड्राइ फ्रुट्स शरिरका लागि निकै उपयोगी कुरा हो । यसले राम्रो कोलेष्ट्रोलको वृद्धि गर्दछ । यो महँगो भएकाले सकिन्छ भने दिनको आधा मुठी वा एकमुठि ड्राइ फ्रुट्स खान सकेमा यसमा प भएको फ्याटले हाम्रो गुड कोलेस्ट्रोलललाई बढाउन सहयोग गर्दछ ।

दूध र दुग्धजन्य पदार्थहरु
दूध तथा दूग्ध जन्य पदार्थमा फ्याटको मात्रा बढी हुन्छ । त्यसैले एक स्वस्थ्य व्यक्तिले दूध र दूधजन्य खानेकुराहरु सकेसम्म नखाँदा राम्रो हुन्छ । दूधको प्रयोग बालबालिका, गर्भवति महिला, पोषणको सिकार भएका र रोगी विरामीका लागि दूधको प्रयोग राम्रो हुन्छ । दूधको तुलनामा दही,पनिर र मोहीमा फ्याटको मात्रा निकै कम हुने हुनाले यसको प्रयोग गर्न सक्छौ । यसमा क्यालोरी पनि कम हुन्छ ।

चिल्लो पदार्थहरु
तेल तथा घिउ जन्य पदार्थहरुको उचित प्रयोग बारे उचित जानकारी नहुनाले पनि स्वास्थ्यमा विभिन्न समस्याहरु निम्त्याई रहेका हुन्छन् । खाने तेलमा अनसेच्युरेड फ्याट हुन्छ। जसले शरिरमा गुड कोलेस्ट्रोल बढाउँछ । यो स्वास्थ्यका लागि राम्रो हो । तर यसको धेरै प्रयोग गर्दा यसमा भएको क्यालोरीले हाम्रो शरिरमा बोसोको मात्रा बढाउने र नराम्रो असर गर्दछ । साथै तेललाई धेरै समयसम्म ततायो भने यो अनस्याचुरेटेडबाट स्याचुरेटेड फ्याटमा परिणत हुन्छ । जुन स्वास्थ्यका लागि नराम्रो हुन्छ । घिउको प्रयोग कम गर्दा नै राम्रो हुन्छ । साथै बनस्पति घिउको मात्रा शून्य नै प्रयोग हुनुपर्छ । त्यस्तो घिउले हाम्रो मुटुमा ब्लकेज हुन सक्छ ।

फस्टफुड,रेडिमेड तथा जंङ्ग फुडहरु
हिजो आज धेरै मानिसहरु बाहिर गएर फास्टफुड तथा रेष्टुरेण्टमा गएर स्वादिलो खाना खान रुचाउँछन् । त्यस्तै बालबालिकाहरु पनि जंग फुडमै रुचि राख्छन् । तर थोरै मात्रामा बाहिरको खाना खानु र सधै खानुमा धेरै फरक पर्दछ । केहि फास्टफुड र रेडिमेड खानाहरु हाम्रो स्वास्थ्यको लागि कुनैपनि दृष्टिकोणबाट फाइदाजनक छैन ।

होटल रेष्टुरेण्टमा पकाइएको खानाको शुद्धतामा मैले प्रश्न गरेको छैन । तर, जुन तरिकाले परिकारहरु पकाइएको हुन्छ, त्यहाँ भने शंका उब्जन्छ । जस्तै ः तेलललाई पुनः प्रयोग गर्ने र त्यसको भण्डारण बिधि जान्ने दक्ष जनशक्ति नभएका कारण पुनःप्रयोग गरिएका तेल जन्य पदार्थले हाम्रो शरिरलाई निकै हानी गर्दछ ।

त्यसकारण तपाई यस्तो खाना खानुहोस् कि रोग लागेको बेलामा पनि खानाले नै औषधीको काम गरोस् । यदि तपाईको खाना राम्रो छैन भने तपाइलाई औषधीले पनि सहि काम गर्दैन । साथै यदि तपाइले दैनिकी खाने खाना नराम्रो छ भने त्यसले स्लो प्वाइजनको रुपमा काम गर्दछ र त्यसले बिरामी समेत पर्दछ ।

हामी जीवनभरीमा कति खाना खान्छौं ? त्यसको प्रभाव शरिरमा हुन्छ । दैनिक खाना अलि–अलि पनि विग्रिएको छ भने त्यसले हाम्रो शरिरमा दुर्रगामी असर पार्दछ । हामीलाई पछि मात्र थाहा हुन्छ सुगर, प्रेसर ,मोटोपना भयो भनेर । यी सबै हामीले सानो सानो कुरामा ध्यान नदिएर बानी बिगारेका कारण हो ।धेरै मानिसहरु ओभर न्युट्रिशियनको सिकार भइरहेका छन् । शरिर नै देख्दै भद्दा ।

हामीसँग खाना खानको लागि पैसा छ । हामी आफ्नो रोजाइ अनुसारको खाना खान्छौं । यसकारण पनि संसारभर मानिसहरुको विभिन्न कारणले मृत्यु हुने तथा विभिन्न रोगको सिकार भइरहेका छन् । यसको कारण हो ओभर न्युट्रिसियन । एकदिन नखाएर वा कम खाएर हामी स्वास्थ्य हुन्छौं तर, खानाको गलत रोजाइले हामीलाई समस्यामा पारिरहेको हुन्छ । स्वादिलो होइन स्वास्थ्यवद्र्धक खाना खाऔं

लेखक

मोहन गजुरेल

ग्लोवल नेपालीज सेफ फेडेरेसनका केन्द्रीय महासचिव

 


तपाईको प्रतिक्रिया