काभ्रे (धुलिखेल) – बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले जिल्ला प्रहरी कार्यलय मातहतका ईलाका प्रहरी कार्यालय बनेपाको स्थलगत निरीक्षण गरेका छन् ।

प्रहरी प्रमुख कार्कीले आज (शुक्रबार) काभ्रेपलाञ्चोकको विभिन्न कार्यलयको स्थलगत निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको हो ।

निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई कोरोना संक्रमण्को विषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गरेकोमा धन्यवाद दिए ।

प्रहरी ऐन, नियमावलीमा व्यवस्था भए बमोजिम सम्पुर्ण प्रहरी कर्मचारीहरुले आफ्नो काम कर्तव्यको विषयमा पुर्ण रुपमा जानकारी राखि सामुहिक भावानामा जोड दिई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।

निरीक्षण भ्रमणकै अवसरमा प्रहरी कर्मचारीको ‘उत्प्रेरणा अभिवृद्धि कार्यक्रम’अन्तर्गत ‘टिम ब्लिडिङ क्याक्टिभिटिज’को रुपमा कार्यालयबाट संचालन गरिदै आएको ‘रन फर फन’कार्यक्रममा समेत प्रकाशजंग कार्की सहभागी भएका थिए ।


तपाईको प्रतिक्रिया