काभ्रे (धुलिखेल) – काभ्रेमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज १७ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष गरी ८ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ५ सय ३८ पुगेको छ । त्यस्तै जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार २ सय ४४ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला अहिले ४६ जना महिला र ५६ जना पुरुष गरी १ सय २ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाको विभिन्न स्थानीय तहका १२ वटा खोप केन्द्रमा ७ सय ८७ जना महिला र ६ सय ७ जना पुरुष गरी १३ सय ९४ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया