काठमाडौँ – नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच चोर्न खोज्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै सिसा फुटाएर श्रीपेच लगाउन खोज्ने रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी उपर प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेक प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया