भक्तपुर – किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर ठिमीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका४ बस्ने २५ वर्षीय मिठाराम धिमाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

धिमालले गत साउन १५ गते बिहान भक्तपुर मध्यपुर ठिमीस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका-१ मा लुकीछिपी बसेको अवस्थामा धिमाललाई पक्राउ गरेको हो ।


तपाईको प्रतिक्रिया