काभ्रे (धुलिखेल) – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत काभ्रेमा वडा अधिवेशन सम्पन्न भएपछि पार्टी भित्रका नेताहरु पालिकास्तरको नेतृत्व आ–आफनो पक्षमा ल्याउन कसिएका छन ।

नगर तथा गाउँ सभापति चयनको कांग्रेसको लागि असोज ९ गते निर्वाचन हुँदै छ । काभ्रे जिल्लाको सदरमुकाम समेत रहेको धुलिखेल नगरपालिकाको नगर सभापतिमा नेपली काँग्रेसका सक्रिय नेता मञ्जु कुमार कोजुले उम्मेद्वारी घोषणा गरेका छन् । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका कोजूले पार्टीको नगरसभापतिमा उम्मेदवारीको घोषणा गरेका हुन ।

सबैको साथ र सहयोगले आफ्नो नेतृत्वमा सबैलाई समेट्दै संगठनमा शुद्धिकरण र सुदृढीकरण ल्याउनका लागि आफूले उम्मेदवारी दिएको कोजू बताउँछन् । १३ औँ नगर अधिवेशनमा कोषाध्यक्ष पदमा विजयी भएका कोजूले धुलिखेल नगर समितिलाई चलायमान र मजबुद बनाउने योजना बनाएका छन् ।

राजनितिक क्षेत्रमा १८ वर्षको उमेर देखि आजसम्म क्रियाशील रहेका कोजूले नगरका १२ वटै वडाहरुमा वडा कार्यलय स्थापना गरी क्रियाशील बनाउने योजना बनाएका छन् । राजनितिक क्षेत्र मात्र नभइ सामाजिक तथा व्यावसायीक क्षेत्रमा पनि योगदान दिदैँ आएका उनले जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने रणनिति बनाएका छन् ।

सबैप्रति समान व्यवहार अबलम्बन गर्दै आगामी निर्वाचनहरुमा वडा तहदेखि संघीय तहसम्म कांग्रेस कार्यकर्ताहरुलाई उद्यमशील बनाउन रोजगारी अभियानलाई घर दैलोसम्म पु¥याई सार्थक तुल्याउन आफू सक्रिय हुने बताए ।

 

 

 

 

 


तपाईको प्रतिक्रिया