काभ्रे (पाँचखाल) – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जालझेल छलकपट गर्नेहरुलाई भ्याकुर लखेटेझैँ लखेट्नुपर्छ भन्दै आफ्नो अभिव्यक्ति दिएका छन् ।

योङ्ग कम्युनिष्ट लिग नेपाल ( वाइसीएल ) काभ्रेको दोस्रो पाँचखाल नगर सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका अध्यक्ष दाहालले भने,‘ जालझेल गर्ने र बाकस साट्नेहरूलाई भ्याकुर लखेटेझैँ लखेट्नुपर्छ ।’

केन्द्रका अध्यक्ष दाहालले प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको कार्यक्रमा प्रचण्डले नेता तथा वाइसीएल कार्यकर्तालाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिएका छन् । ‘वाइसीएल फेरी एकचोटी २०६४ मा जानुप¥यो,’ उनले आग्रह गर्दै भने, ‘यहाँ जालझेल छलकपट गर्नेहरुलाई आतंक भएर प्रस्तुत हुनुप¥यो ।

वाइसीएललाई जाग्न अनुरोध गर्दै उनले भने, ‘‘सुरुमै हामी जाइलाग्ने होइन, ‘आइलागेमाथि जाइलग्नु’ :‘इँटको जवाफ पत्थरले दिनु,’ रक्षा गर्ने जिम्मा हाम्रो ।’

माओवादीलाई तर्साउन खोज्नु लाजको विषय भएको भन्दै अध्यक्ष दाहालले व्यङग्य गरे । डराएर होइन जागेर अगाडी बढ्नुपर्छ, ‘जो डर गया वो मर गया’ भन्दै उनले कार्यकर्तालाई निदेर्शन दिए । अबको चुनाव २०६४को जस्तै बनाउने योजना उनले कार्यक्रममार्फत अध्यक्ष दाहालले सुनाए ।

‘हामी लड्ने भनेको शान्तिपूर्ण नै हो । गुण्डागर्दी भन्नेहरुले नै शान्तिपूर्ण भन्छन् तर वास्तवमा उनीहरुले नै गुण्डागर्दी गर्छन् । यी गुण्डागर्दी गर्नेलाई ठिक पार्नुपर्छ । करोडौँको भ्रष्ट गर्दै दिउँसै रात पार्नेलाई ठिक पार्नुपर्छ’, प्रचण्डको भनाइ छ । जालीझेली गर्ने फटाहालाई ठिक पार्ने र जनतालाई सेवा गर्दै अगाडी बढ्न उनले निर्देशन दिए ।


तपाईको प्रतिक्रिया