रौतहट –  दुर्गाभगवती गाउँपालिका-२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनारलाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तपाईको प्रतिक्रिया