सिरहा – सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

करेन्टबाट आमालाई बचाउने क्रममा छोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् ।

चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी झाकी आमाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


तपाईको प्रतिक्रिया