काभ्रे (मण्डनदेउपुर) – जिल्लाको मण्डनदेउपुर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीतर्फ युवाहरुको आकर्षण बढ्दै गएको छ । नगरपालिकाको वडा नम्बर १ को सेलो घरमा आयोजित कार्यक्रममा ४० जना भन्दा बढि युवाहरु नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममार्फत विस्तारित बैठकले जोक बहादुर तामाङ अध्यक्ष ३१ सदस्य वडा कमिटी गठन गरेको छ । सागर बिक उत्पीडित जातीय मुक्ति समाजका संयोजक र अखिल नेपाल महिला संघ अञ्चली तामाङ संयोजक रहेकी छिन् । त्यस्तै किसान संघ, युवा संघ नेपाल पनि गठन गरिएको नगर कमिटी अध्यक्ष गोकुल गौतमले जानकारी दिए।

कार्यक्रमलाई मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा, बागमती प्रदेशका सांसद बसुन्धरा हुमागाई, युवा संघ नेपालकाका केन्द्रीय सचिव भेषराज शाह, जिल्ला कमिटी सदस्यहरू डिल्ली प्रसाद ढकाल, नेकपा (एकीकृत समाजवादी) मण्डनदेउपुर नगर कमिटीका अध्यक्ष गोकुल गौतम, उपाध्यक्ष सत्य सिंह तामाङ, सचिव माधव न्यौपाने, वडाध्यक्ष लक्ष्मण प्रसाद बस्ताकोटी, ज्ञानु तामाङ, राम हरि ढकाल, दिनेश ढकाल लगायत नेताहरूले सम्बोधन गरेका थिए ।


तपाईको प्रतिक्रिया