काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारदेखि सुरु भएको छ ।  कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गरिएको हो ।

परीक्षा असोज ८ गतेसम्म चल्ने छ ।  यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।

परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

परीक्षाको लागि अधिकांश विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।


तपाईको प्रतिक्रिया