काभ्रे (रोशी) – खोलाले बगाउँदा काभ्रेमा एक बालकको मृत्यु भएको छ । जिल्लाको रोशी गाउँपालिकामा विद्यालयबाट घर जाँदै गरेका बालकलाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

रोशी गाउँपालिकाको वडा नं ५ का ८ वर्षीय अबि तामाङलाई मंगलबार विद्यालयबाट घर फर्कने क्रममा पौडी खेल्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार ईलाका प्र हरी कार्यालय मंगलटारले बालकको शव रोशी गाउँपालिका वडा नम्बर ११ कालढुंगा स्थित रोशी खोलाको किनारमा फेला पारेको थियो ।


तपाईको प्रतिक्रिया