काभ्रे (धुलिखेल) – बालिकामाथि जबरजस्ती करणी गर्ने चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने झापा जिल्लाको हल्दीबारी गाउँपालिका–५ बस्ने ३२ वर्षीय ट्रक चालक हर्कबहादुर बिश्वकर्मा र सह–चालक मोरङ्ग जिल्लको उर्लाबारी नगरपालिका– १ बस्ने १८ वर्षीय निदिप धिमाललाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको हो ।

उनीहरुले यहि भदौ २६ गते राती करिब १२ बजेको समयमा भक्तपुरको श्रृजनानगरमा पूर्वतर्फ जान गाडी कुरेर बसेकी १३ वर्षीया बालिकालाई गन्तव्यसम्म पु¥याइदिने भनी ट्रकमा राखेर ल्याई बनेपा नगरपालिका–१२ साझा पेट्रोल पम्प अघि ल्याई ट्रकभित्र पालैपालो जर्वजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार बालिकालाई जबरजस्ती करणीपछि बालिकालाई गन्तव्यमा नपु¥याई त्यही छोडी ट्रक लिएर भागेका थिए ।

करणी पश्चात विक्षिप्त अवस्थामा भक्तपुरतर्फ एक्लै हिडिरहेको अवस्थामा प्रहरीले सोधपुछ गर्दा नम्बर नखुलेको ट्रकका चालक र सहचालकले जर्वजस्ती करणी गरेको बताएपछि प्रहरीले उक्त ट्रकको खोजी गरेको सूचना अधिकारी खतिवडाले बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष अनुसन्धान टोलीले ईलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा जर्वजस्ती करणी गरी फरार रहेको ट्रकका चालक तथा सहचालक खोजी गर्ने क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक भएको पत्ता लगाएको थियो ।

उक्त ट्रकले साँगाबाट बनेपा आईपुग्न धेरै समय लगाएको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त ट्रक सोमबार मोरङबाट विपी राजमार्गहुँदै काठमाडौँतर्फ आउँदै गरेको सूचनाको आधारमा मङ्गलबार बिहान ट्रक चालक विश्वकर्मा र सहचालक धिमाललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जर्वजस्ती करणी आरोपमा पक्राउ परेका दुवैलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कर्याालय काभ्रेले जनाएको छ ।


तपाईको प्रतिक्रिया