काभ्रे (धुलिखेल) – काभ्रेमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज २२ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट २ जना पुरुष,
धुलिखेल नगरपालिकाबाट ३ जना महिगरपालिकाबाट १ जना पुरुष र पाँचखाल नगरपालिकाबाट २ जना महिला गरी ९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा नमोबुद्ध नगरपालिकाबाट ३ जना महिला, पनौती नगरपालिकाबाट १ जना महिला र पाँचखाल नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष गरी ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ३६ पुगेको छ । त्यस्तै जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार ६७ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला अहिले ९० जना महिला र ८७ जना पुरुष गरी १ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् । काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको छ ।

जिल्लाको विभिन्न स्थानीय तहका १८ वटा खोप केन्द्रमा २ सय ६७ जना महिला र २ सय ६ जना पुरुष गरी ४ सय ७३ जनाले आज पहिलो मात्राको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार विभिन्न स्थानीय तहका १९ वटा खोप केन्द्रमा ६० जना महिला र ७३ जना पुरुष गरी १ सय ३३ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् ।

 


तपाईको प्रतिक्रिया