काभ्रे (बेथानचोक) – समुदाय स्तरमै पुगेर बेथानचोकका जनप्रतिनिधि र डाक्टरले व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

बेथानचोक गाउँपालिकाले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गहरु वडा कार्यालय र गाउँपालिकासम्म आउन नसक्दा जनप्रतिनिधिको प्रत्यक्ष समन्वय र सहयोगमा स्वास्थ परिक्षण गरि परिचयपत्र वितरण सुरु गरेको हो ।

गाउँपालिकाले उपाध्यक्ष सरिता लामिछाने तामाङको प्रत्यक्ष उपस्थितिमा महिला बालबालिका शाखा प्रमुख र बेथानचोक अस्पतालका डाक्टर मार्फत पुर्ण रुपमा अशक्त र अपांगता भएका वडाहरुका जनताको घरमै पुगेर स्वास्थ परिक्षण गरि अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

गाउँपालिकाले बर्सेनि संम्बन्धित वडा र कार्यालयसम्म आउन नसक्ने जनताको घरमै पुगेर स्वास्थ परिक्षण गर्दै अपाङ्गता परिचयपत्र उपलब्ध गराउदै आएको गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

अशक्त, असहाय र अपाङ्गता भएका जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूत हुने बिश्वास व्यक्त गरेका छन् । त्यस्तै गाउँपालिकाले बिगतका ४ बर्षमा जनताहरु प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।


तपाईको प्रतिक्रिया