काभ्रे (धुलिखेल) – पछिल्लो समय काभ्रेमा नयाँ कोरोना संक्रमितको संख्यामा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कले देखाउँछ । नयाँ संक्रमितको संख्यामा कमी भएसँगै जिल्लामा अहिले सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । जिल्लामा अहिले १ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

कार्यालयका अनुसार काभ्रेमा आज २ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्लका ३९ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा पनौती नगरपालिकाबाट १ जना महिला र भुम्लु गाउँपालिकाबाट १ जना पुरुष गरी २ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ४ पुगेको छ । त्यस्तै जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार २६ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।

जिल्लाको विभिन्न स्थानीय तहका १२ वटा खोप केन्द्रमा ५ सय १३ जना महिला र ३ सय ८९ जना पुरुष गरी ९ सय २ जनाले आज पहिलो मात्राको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेको विभिन्न स्थानीय तहका १२ वटा खोप केन्द्रमा १ सय ७ जना महिला र १ सय १५ जना पुरुष गरी २ सय २२ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् ।

 


तपाईको प्रतिक्रिया