काभ्रे (धुलिखेल) – काभ्रेमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज १९ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ३ जना महिला र २ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र पाँचखाल नगरपालिकाबाट १ जना पुरुष गरी १० जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा बनेपा नगरपालिकाबाट १ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष र पनौती नगरपालिकाबाट २ जना महिला गरी ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ४ सय २ पुगेको छ । त्यस्तै जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १३ हजार ९ सय ८७ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला अहिले १ सय १ जना महिला र १ सय २३ जना पुरुष गरी २ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाको खानीखोला गाउँपालिकाको एउटा खोप केन्द्रमा ११ जना महिला र १४ जना पुरुष गरी २६ जनाले आज पहिलो मात्राको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेको खानीखोला गाउँपालिकाको एउटा खोप केन्द्रमा ३२ जना महिला र ४७ जना पुरुष गरी ७९ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् ।

 


तपाईको प्रतिक्रिया