काभ्रे (धुलिखेल) – मौलिक नेपाली स्वाद पस्कने मनसायले धुलिखेलमा अत्याधुनिक टिकटक बर्गर हाउस सञ्चालनमा आएको छ । प्रकृतिसँग रम्दै नेपाली मौलिक खाना आनन्द लिन एक पल्ट जानै पर्ने गन्तव्य हो धुलिखेलमा रहेको टिकटक बर्गर हाउस ।

काभ्रेको विभिन्न ठुलाठुला होटेलको अनुभव बटुलेका लक्ष्मण तामाङले खोलेको रेष्टुरेण्टमा ग्राहकले स्वाद, स्वास्थ्य र स्तरीय पद्धतिको अनुभव गर्न पाउनेछन् ।

टिकटक बर्गर हाउसमा ग्राहकहरुले विशेष गरी मटन, चिकेन, बफ तथा पोर्कका पोलेको मासुका परिकारहरूको मज्जा लिन सक्नेछन् । यति मात्र नभएर अन्य थुप्रै परिकारहरूको स्वाद लिन पाउनेछ । साथै रेष्टुरेण्टमा पेय पदार्थहरु पनि एमआरपी मूल्यमा बिक्री गरिनेछ । खानाको प्रस्तुतिमा पनि ग्राहकहरुले फरक पन पाउँनेछन् ।

थोरै लगानी, स्तरिय पद्धति, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको टिकटक बर्गर हाउसले फ्रञ्चाइज मोडेलको पनि सम्भावना बोकेको सञ्चालक तामाङले जानकारी दिए । उद्यमी बन्न चाहने व्यक्तिका लागि यस उपयुक्त माध्यम हुने तामाङको विश्वास छ ।


तपाईको प्रतिक्रिया