काठमाडौँ – भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड ‘खै त तिम्रो बुट्टे सारी’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय गायक प्रदिप लामाको रहेको छ। लोक सेलोमा आधारित यस गीतमा हस्त लामा ( हार्दिक ) को शब्द, संगीत रहेको छ। गीतमा जोगलाल लामाको संगीत संयोजन रहेको छ।

बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको म्युजिक भिडियोलाई सुर्य लामाले छायांकन र सम्पादन गरेका हुन्। निर्मल कुमार लामा ( बिजी )को निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक लामाको आधिकारिक च्यानल ‘प्रदिप लामा अफ़िसिएल’ मार्फत सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो हेर्नुहोस् :

 


तपाईको प्रतिक्रिया