काभ्रे (बनेपा) – जिल्लाको बनेपाबाट ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा बाजि थापी पैसा हारजित हुने गरि जुवा तास खेली रहेका छन् भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरूलाई जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १४ को खालचौर स्थित थोप्चेन तामाङको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट नेपाली ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर १० जनागालका २८ वर्षीय कृष्ण केसी, रोशी गाउँपालिका वडा नम्बर ३ साजाकोटका ३५ वर्षीय पाराङ लामा भन्ने खड्ग सिं लामा, बनेपा नगरपालिका वडा नम्बर ११ पाकु टोलका ४४ वर्षीय सुमन अधिकारी, बनेपा नगरपालिका वडा नम्बर १४ साँगाका ४० वर्षीय गणेश थापा, बनेपा नगरपालिका वडा नम्बर ७ धनेश्वर का ४२ वर्षीय अनिल मुस्याजु, रोशी गाउँपालिका वडा नम्बर ३ शिखर आम्बोटेका ३४ वर्षीय हिरा लामा, रोशी गाउँपालिका वडा नम्बर १ घर भइ बनेपा नगरपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीय चन्द्र लामा स्याङताङ, रोशी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल बनेपा नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय थर्कमान लामा, बनेपा नगरपालिका वडा नम्बर ६ बस्दै आएका २६ वर्षीय किशोर अधिकारी, धुलिखेल नगरपालिका वडा नम्बर १० सारदाबतासेका ३४ वर्षीय छिरिङ लामा र भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय दिपक बस्नेत रहेको सूचना अधिकारी खतिवडाले बताए ।

उनका अनुसार घरको अण्डर ग्राउण्डको कोठामा तास लेखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले तास नखोलेको ३ बट्टा, खोलेको ११ बुक र तन्ना १ थान पनि बराबद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ‘मुलुकी फौजदारी संहिता,२०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


तपाईको प्रतिक्रिया