काभ्रे (तेमाल) –  स्वास्थ्य मापदण्ड पालना गरी तेमाल गाउँपालिकाद्वारा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना महामारीको दोश्रो लहर सुरु भएसँगै बन्द भएका शैक्षिक संस्थाहरु स्वास्थ्य मापदण्डको पालना गर्दै संचालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरी गाउँपालिका भित्रका विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले जानकारी दिए । उनका अनुसार लामो समय देखि अबरुद्ध भएको विद्यालयको पठनपाठनलाई सुचारु गर्नका लागि संक्रमणको स्थितिको अबलोकन गरी स्वास्थ्य सम्बन्धि मापदण्ड तथा भौतिक तथा सामाजिक दुरी कायम गरी विद्यालय सुचारु गर्ने तयारी गरिएको छ ।

यस्तै प्रत्यक्ष रुपमा विद्यालय सञ्चालन गर्न कठिनाइ भएमा बैकल्पिक शैक्षिक सामाग्री तथा नेपाल सरकारवाट संञ्चालन भएका अनलाइन तथा अफलाइन बैकल्पिक शिक्षण सिकाईका विधिहरुको प्रयोग गर्न गाउँपालिकाद्वारा प्रकाशित गरिएको सूचनामा भनिएको छ ।

यस्तै टाढाबाट विद्यालयमा आउन बाँकी रहेका शिक्षकलाई कोभिड भ्याक्सिन तथा स्वास्थ्य परिक्षण लगायतका बिधि पुरा गरि तत्काल विद्यालयमा उपस्थित हुन गाँउपालिकाले निर्देशन दिएको छ ।

साथै गाउँपालिकाबाट शिक्षक तथा विद्यार्थीलाई यूएसजी सेवा ९कोभिड–१९ वैकल्पिक पठनपाठन० मा आबद्ध गर्न तथा विद्यालय स्वास्थ्य सुरक्षा सामाग्रीका लागि प्रत्येक विद्यालयको खातामा निकासा भएको रकमको भरपुर उपयोग गरी पठनपाठन संञ्चालन गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिईएको छ ।


तपाईको प्रतिक्रिया