काभ्रे (धुलिखेल) – जिल्लामा आज २३ जना नयाँ संक्रमित थपिएको छ भने ४५ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो । यस्तै आज जिल्लामा ६०८ जना सक्रिय संक्रमित रहेका छन् ।

सबै भन्दा धेरै सक्रिय संक्रमित पनौती नगरपालिकामा रहेका छन्। क्रमश: पनौतीमा १५४ जना, धुलिखेल १३४, बनेपामा १२०, पाँचखालमा १०८, नमोबुद्धमा ४५, बेथानचोक गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै आज काभ्रेमा थपिएका २३ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेल ४ जना तथा एन्टीजेन परिक्षणबाट बनेपामा १२ जना , नमोबुद्धमा ३, बेथानचोक गाउँपालिकामा ४ जना रहेका छन् । यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार २१४ पुगेको कार्यालयले जनाएको छ ।

२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काभ्रेमा २ जनाको संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनुसार बनेपाका ५५ वर्षीय पुरुष र तेमाल गाउँपालिकाका ५५ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


तपाईको प्रतिक्रिया