काभ्रे (धुलिखेल) – बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि खतिवडालाई बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।

डिएसपी खतिवडाले सम्पादन गरेका कार्यको उच्च मूल्यांकन गर्दै असार महिनाकाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो।

खतिवडाको नेतृत्वमा केहि समय अघि बनेपामा भएको दुर्घटनाका दोषिलाई एक महिना पछि रामेछाप उमाकुण्ड गापा वडा–१ बस्ने वर्ष ४५ का दोर्जे शेर्पालाई ना. ४ च ४०६९ नम्बर माज्दा गाडीसहित पक्राउ गर्न सफल भएको, पाँचखाल नपा वडा–६ बस्ने माधव घिमिरेले पत्नी तथा ६ वर्षका छोराको हत्या गरी फरार भएको घटनामा अनुसन्धानमा सफलता पाएको, कोरोना महामारी संक्रमणको अवस्थामा विभिन्न सरोकारवालासँग समन्वय गरी अक्सिजन उपलब्ध गराउन लागेको, स्वास्थ्य सामग्री व्यस्थापनलगायत प्रहरी परिचालनमा प्रभावकारी भूमिका निर्वाह गरेको र बिभिन्न मुद्धाका ११ फरार प्रतिवादीलाई असारमा पक्राउ गरी अदालतमा पेश गर्न सफल भएको भन्दै उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सम्मान गरिएको हो ।


तपाईको प्रतिक्रिया