काभ्रे (धुलिखेल) – जिल्लामा कोरोना संक्रमित संख्या ह्वात्तै बढेका छन् ।

आज (मंगलबार) जिल्लाभर १२८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। यस्तै आजै ३७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। यस्तै आज जिल्लामा ५७० जना सक्रिय संक्रमित रहेका छन् ।

सबै भन्दा धेरै सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्। क्रमश: धुलिखेल १३८ जना, पनौतीमा १३४, बनेपामा ११०, पाँचखालमा ९७, नमोबुद्धमा ४०, रोशी गाउँपालिकामा १६, बेथानाचोकमा ११ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै आज काभ्रेमा थपिएका १२८ संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ३५ जना, धुलिखेल ३७, पनौतीमा २२, पाँचखालमा ११, नमोबुद्धमा ३, तेमालमा २, बेथानाचोकमा १ तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा १३ जना, बनेपामा ३, पाँचखालमा १ जना रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार ०१८ पुगेको कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया