काभ्रे (बल्थली) – जिल्लाको पनौतीस्थित धर्मिक तथा पर्यटकीय क्षेत्र बल्थलीस्थित लड्केश्वरमा १०८ फिटको त्रिशुल राखिने भएको छ ।

पनौती नगरपालिका -११ स्थित धर्मिक क्षेत्र लड्केश्वर मन्दिर नजिकै निर्माण गर्न लागिएको बिशाल त्रिशुलको सोमबार शिलान्यास गरिएको छ । मन्त्रिपरिषदका पुर्ब अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले त्रिशुलको निर्माणस्थलमा शिलान्यास गरेका हुन ।

पनौती नगरपालिका -११ स्थित स्थानीय, समाजसेवी तथा ओमकार टेलिभिजनको प्रा.लिको संयोजनमा उक्त बिशाल त्रिशुल निर्माण गर्न लागिएको हो । त्रिशुल निर्माणको लागी करिव दुई करोड खर्च लाग्ने अनुमान गरिएको ओमकार टेलिभिजनका संस्थापक अध्यक्ष मुकुन्द शर्माले जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेश सांसद बसुन्धरा हुमागाई, नेपाली कांग्रेसका जिल्ला सभापति मधु आचार्य, पनौती नगरपालिकाका मेयर भिम न्यौपाने, पनौती नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तारामान लामा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष भोला थापा, महेश पौडेल, स्थानीय जनप्रतिनिधि, समाजसेबी लगाएको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया