काभ्रे (बेथानचोक) – काभ्रेको बेथानचोक गाउँपालिका – ५ च्याल्टिमा एक दिने बाल विवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा वडाका बालक्लब संजाल तथा बाल अधिकार समितिका पदाधिकारी एबम सरोकारवालाहरुलाई बाल बिबाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो । अभिमुखिकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एबम न्यायीक समिती संयोजक सरिता लामिछानेको प्रमुख आथित्यतामा सप्पन्न भएको हो ।

वडा अध्यक्ष खजेन्ची बहादुर लामाको सक्रियतामा गाउँपालिकासंग समन्वय गर्दै वडास्तरका तथा पालिकास्तरका चेतनामुलक अभिमुखिकरण कार्यक्रम संचालन हुदै आएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष खजेन्ची बहादुर लामाले बाल बिबाह कानुनी अपराध भएकोले हामी सबैको सक्रियतामा बाल बिबाह न्यूनीकरण गर्न सकिने बताएका थिए भने बाल बिबाह न्यूनीकरण गर्न सबैले एकमतले लाग्नुपर्ने बताए ।

कार्यक्रममा बेथानचोक–५ का बालक्लब संजालका बालबालिकाहरु, बाल अधिकार समितीका पदाधिकारीहरु र वडाका जनप्रतिनिधिहरु समेतको सहभागीता रहेको थियो ।


तपाईको प्रतिक्रिया