काभ्रे (मण्डनदेउपुर) – जिल्लाको मण्डनदेउपुर नगरपालिकाको विद्यालय आज (आइतबार) बाट सञ्चालनमा आएका छन् । नगरपालिकाभरी आजबाट कक्षागत सिफ्ट बिभाजन गरी पठन-पाठन सुरु गरिएको हो ।

स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पूर्णरुपमा अपनाई भौतिक दूरी कायम गरी निश्चित समयभित्र पठनपाठन र बैकल्पिक सिकाई गर्नेगरी विद्यालय खोलिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र बिष्टले जानकारी दिए ।

नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन गर्ने असार ९ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार शैक्षिकसत्र २०७८ को पठनपाठन सुरु गरिएको प्रमुख बिष्टको भनाई छ ।

दैनिक छुट्टाछुट्टै कक्षालाई विद्यालयमा बोलाउने र शिक्षण सिकाई गर्ने गरी पठनपाठनका क्रियाकलाप अघि बढाईएको उनले बताए । पहिलो, दोश्रो दिन गर्दै क्रमशः १-३, ३-५, ५-८, ९-१०, ११-१२ कक्षाका विद्यार्थीलाई पठनपाठन गरिने छ ।


तपाईको प्रतिक्रिया