काभ्रे (धुलिखेल) – जिल्लामा ९० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । आज (आइतबार) ९० जना संक्रमित डिस्चार्ज हुदा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै आज जिल्लामा ४६१ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित पनौतीमा नगरपालिकामा रहेका छन्। क्रमश: पनौतीमा ११८ जना, धुलिखेलमा ११५, बनेपामा ८४, पाँचखालमा ६२, नमोबुद्धमा ३१, रोशी गाउँपालिकामा १७ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका २२ संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेल नगरपालिकामा ६ जना, बेथानाचोकमा १ तथा एन्टीजेन परिक्षणबाट पनौती नगरपालिकामा १३ जना, चौरीदेउराली गाउँपालिकामा १, बेथानाचोकमा १ जना रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार २०४ पुगेको कार्यालयले जनाएको छ । कोरोना संक्रमणबाट काभ्रेमा आज पनौतीका ६४ वर्षीय महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।


तपाईको प्रतिक्रिया