काभ्रे (चौंरीदेउराली) – जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको अवसरमा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९को लागि कुल वार्षिक बजेट रु. ५२ करोड ११ लाख २६ हजारबजेट सार्वजनिक गरेको हो । जसमा कुल विकास खर्च ११ करोड ९५ लाख ३८ हजार विनियोजन गरिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष ताराकुमारी चौंलागाईंद्वारा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम लागु गर्न कुल वार्षिक बजेट रु. ५२ करोड ११ लाख २६ हजार विनियोजन गरिएको हो । जसमा कुल विकास खर्च ११ करोड ९५ लाख ३८ हजार रहेको उपाध्यक्ष चौंलागाईंले जानकारी दिइन् । उनका अनुसार आर्थिक विकास २ करोड २३ लाख, सामजिक विकास ४ करोड ६५ लाख ९ हजार, पुर्वाधार विकास १ करोड ९२ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र १ करोड ४० लाख ५० हजार गरी कुल विकास बजेट १० करोड २० लाख ५९ हजार विनियोजन गरिएको छ ।

यसैबीच यो आर्थिक वर्षदेखि जनयुद्ध तथा जनआन्दोलनका क्रममा हत्या गरिएका तथा वेपत्ता पारिएका शहिद तथा वेपत्ता परिवारलाई प्रतिमहिना रु २ हजारका दरले सहयोग उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले नीति तथा कार्यक्रम पेश गरेका थिए । अध्यक्ष गौतमले वडाहरुमा गाउँपालिका केन्द्र जोड्ने एउटा सडकलाई स्तरोन्नती गरी कालो पत्रे गर्ने नीति रहेको बताए । साथै प्रत्येक वडाका टोलटोलमा रहेका सडकहरुलाई स्तरोन्नती गर्ने र वर्षै भरी यातायात सुचारु गर्ने कार्यलाई निरन्तरता दिइने समेत नीति रहेको जानकारी दिए । त्यस्तै गरी कृषि, पर्यटन, सुशासनका लागि समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने उनले योजना सुनाए ।

 

 


तपाईको प्रतिक्रिया