काभ्रे (धुलिखेल) – जिल्ला फुटबल संघ काभ्रेले नाला फुटबल क्लबलाई खेलकुद सामग्री वितरण गरेको छ । संघले आज (बिहीबार) नाला फुटबल क्लबलाई खेलकुदका सामग्री वितरण गरेको हो ।

नाला फुटबल क्लबमा आबद्ध ५० जना फुटबल खेलका नियमित प्रशिक्षार्थीहरुलाई फुटबल खेलका सामग्री वितरण गरिएको हो । जिल्लामा फुटबल खेलको विकासको लागि जिल्ला फुटबल संघ काभ्रेले नाला फुटबल क्लबलाई फुटबल खेलका सामग्री वितरण गरेको संघका सचिव जय श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लामा फुटबल खेलको विकासका लागि काभ्रेको १३ वटै स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको छ ।

काभ्रेका सबै स्थानीय तहलाई पनि फुटबल खेलका सामग्री वितरण गर्ने योजना बनाएको उनले बताए । खेलकुद  सामग्री वितरण कार्यक्रममा जिल्ला फुटबल संघका पदाधिकारी, जिल्ला फुटबल संघका प्रशिक्षक, रेफ्री, रेफ्री संयोजक लगायतको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया