काभ्रे (धुलिखेल) – स्मृति गौतम र प्रताप दासको ‘अल्लारे माया’  गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक काँठे लोक दोहोरी गीत ‘अल्लारे माया’ मा लोकप्रिय गायक प्रताप दास र गायिका स्मृति गौतमको स्वर रहेको छ ।

उक्त गीत स्मृति गौतमको युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो। त्यस्तै  गीतमा शब्द र संगीत किरण गौतमको रहेको छ । गीतको संगीत संयोजना नारायण दंगालले गरेका छन् ।

अमोन राणाले गीतको निर्देशन गरेका छन् भने खडक बाजुरालीले मिक्सिङ गरेका छन् । उक्त गीतको भिडियोमा संजिव ठकुरी र टिका जैसीले अभिनय गरेका छन् । त्यस्तै गीतको सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियो हेर्नुहोस् :


तपाईको प्रतिक्रिया