काभ्रे (धुलिखेल) – जिल्लामा पूर्वाधार विकाससँगै खेलकुदको क्षेत्रमा पनि विकासका लागि आफू सधैँ अग्रसर रहेको बाग्मती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले बताएका छन् । जिल्लाको धुलिखेलमा निर्माधिन सामुदायिक खेलमैदान रंगशालाको अनुगमनको क्रममा क्रममा खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न आफू सधैँ तयार रहेको सांसद लम्सालले बताएका हुन् ।

जिल्ला फुटबल संघका पदाधिकारी र सांसद लम्सालको अनुगमन टोलीले आज (आइतबार) निर्माणाधिन रंगशालाको अवलोकन गरेका थिए । ‘सम्रग खेल क्षेत्रको विकासको लागि खेलमैदानको आवश्यक पर्दछ,’ सांसद लम्सालले भने,‘त्यसकारण यस खेलमैदानलाई सुविधा सम्पन्न खेलमैदान बनाउनका लागि आवश्यक सहयोग गर्न तयार छु ।’ अनुगमनको क्रममा सांसद लम्सालले निर्माणाधिन अवस्थामा रहेको सामुदायिक खेलमैदानको पूर्णताका लागि आउँदो आर्थिक वर्ष पनि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

सांसद लम्सालको पहलमा जिल्लाको निवार्चन क्षेत्र नं २ अन्र्तगत प्रदेश ‘क’ मा प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत उक्त रंगशाला निर्माण कार्य छनौटमा परेको थियो । उक्त खेलमैदान निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा विनियोजित बजेटको २५ लाख रुपैँयाको काम सकिसकेको र यस चालु आर्थिक वर्षको विनियोजित बजेटको २५ लाख रुपैँयाको काम भइरहेको रंगशाला अनुगमन टोलीले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया