काभ्रे (धुलिखेल) – काभ्रेमा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज १ सय ६३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ७ जना महिला र १५ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ४ जना महिला र ३ जना पुरुष, पनौती नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट २ जना महिला र २ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष रखानीखोला गाउँपालिकाबाट १ जना पुरुष गरी ४० जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा तेमाल गाउँपालिकाबाट १ जना पुरुष र पाँचखाल नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष गरी ३ जनको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १० हजार ७ सय ७९ पुगेको छ । जसमध्ये जना ९ हजार ९ सय जना ८५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले ६ सय ३० जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ६४ जनाको मृत्यु भइसकेको छ ।


तपाईको प्रतिक्रिया