काठमाडौं – सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रविणकुमार श्रेष्ठको म्याद थप्ने प्रकणको अन्यौलमै उनको अवकाश भएको छ । मंगलबार रातिबाट उनी सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार चार वर्षे डिआईजीको कार्याकाल पूरा गरेर उनी अनिवार्य अवकाशमा गएका हुन् ।

चार वर्षे कार्यकाल भए पनि सशस्त्र हेडक्वाटरको सिफारिसमा १ वर्षे कार्यकाल थप गर्न सकिने प्रावधान छ । सोही अनुसार १ वर्ष थप गर्न भन्दै मंगलबार दिनभर प्रयास भए पनि म्याद थप नभएको जनाइएको छ । विभागीय मन्त्री नै नभएकोले म्याद थपका लागि आफूले हस्ताक्षर नगर्ने भन्दै मुख्य सचिव शंकरदास बैरागीले हस्ताक्षर नगरेपछि डिआईजी श्रेष्ठको म्याद थप नभएको बताइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पनि डिआईजी श्रेष्ठको म्याद थप गरेको थिएन । त्यसपछि मंगलबार म्याद थपका लागि विभिन्न प्रयास गरिएको भएपनि हुन नसकेको स्रोतको भनाइ छ । योसँगै श्रेष्ठ मंगलबार राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका छन् ।


तपाईको प्रतिक्रिया