काभ्रे (धुलिखेल) – पछिल्लो २४ घण्टामा काभ्रेमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज ७८ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ८ जना महिला र ५ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र ३ जना पुरुष, धुलिखेल नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाबाट २ जना महिला र ४ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ जना महिला र ७ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना महिला र बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष गरी ४० जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा पाँचखाल नगरपालिकाबाट एक जना महिलाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १० हजार ७ सय ३६ पुगेको छ । जसमध्ये जना ९ हजार ८ सय जना २२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले ७ सय ५० जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा काभ्रेमा ३ जनाको मृत्यु भएको छ । मण्डनदेउपुर नगरपालिकाका ६५ वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा असार ७ गते मृत्यु भएको कार्यालयका प्रमुख डा.झाले बताए । रोशी गाउँपालिकाका ४२ वर्षीय पुरुष र दोरम्बाका ५४ वर्षीय पुरुषको उचपारको क्रममा आज मृत्यु भएको कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ६४ जनाको मृत्यु भइसकेको छ ।


तपाईको प्रतिक्रिया