अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका हुन् । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरे । यस जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ । पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा चिली र उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको २६ औं मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा चिलीकै अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको हो । चिली ३ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । उरुग्वे २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।


तपाईको प्रतिक्रिया