काभ्रे (धुलिखेल) – जिल्ला स्तरीय विपद व्यवस्थापन समितिलाई नेपाल रेडक्रस सोसाइटी काभ्रेले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आज (आईतबार) एक कार्यक्रमकाबिच नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाका संयोजक नारायणप्रसाद ढुंगानाले विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क १२ हजार वटा, फेस सिल्ड ३०० वटा, सेनिटाईजर ८० लिटर र डिस्पोजेबल ग्लोब्स ५ प्याकेट लगायतका सामग्री रहेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेले समुदायमा आधारित समावेशी विपद जोखिम न्यूनीकरण कार्यक्रम मार्फत कोभिड १९ को महामारीको समयमा उक्त सामग्री प्रदान गरिएको हो।


तपाईको प्रतिक्रिया