काभ्रे (धुलिखेल) – केही दिन यता काभ्रेमा नयाँ कोरोना संक्रमितको संख्यामा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङकले देखाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ८ जनामा मात्र संक्रमण पुष्टि भएको छ । त्यस्तै आज एकैदिन जिल्लाका २ सय ६ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा पनौती नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष र रोशी गाउँपालिकाबाट १ जना महिला र १ जना पुरुष गरी ५ जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा तेमाल गाउँपालिकाका १ जना पुरुष र २ जना महिला गरी ३ जनाको पोजेटिभ रोपोर्ट आएको छ ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १० हजार ६ सय ५६ पुगेको छ । जसमध्ये जना ९ हजार ६ सय जना ८३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले ८ सय १० जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काभ्रेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पाँचखाल नगरपालिकाका ५९ वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा असार ५ गते मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृतकमा जेष्ठ १३ गते संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ६२ जनाको मृत्यु भइसकेको छ ।


तपाईको प्रतिक्रिया