काभ्रे (बनेपा) – काभ्रेपलाञ्चोक जिल्लाका प्रदेश सभा सदस्य सांसद बसुन्धरा हुमागाईले आफ्ना निर्वाचन क्षेत्रमा गरेका प्रतिज्ञा पूरा गर्दै आएका छन् । हुमागाईको पहलमा प्रदेशले यस वर्ष बनेपा नगरपालिकाका लागि विषेश खालका योजना छनोटमा परेका छन् ।

हुमागाईका निर्वाचन क्षेत्रका समग्र योजनाहरु छनोट भइसकेका छन् । बनेपा नगरपालिकाले आफ्नो मातहतमा खर्च गर्न पाउने गरि आएका केही योजनाहरु यस्ता रहेका छन :-

– प्रदेश सरकार मार्फत सशक्त अनुदान अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर ३ का लागि ओडार ठुलोचौर खानेपानी आयोजनाका लागि २० लाख रकम बिनियोजन गरिएको छ ।
– बनेपा नगरपालिका वडा नम्बर १४ का लागि साँगा आशापुरी सडकका लागि ५० लाख रकम बिनियोजन गरिएको छ ।

– बनेपा नगरपालिका वडा नम्बर २ मा ठूलो ढुङ्गा देखि दोबाटोसम्मको सडक निर्माणका लागि २० लाख रकम बिनियोजन गरिएको छ ।

– बनेपा नगरपालिका वडा नम्बर ३ का लागि मुहान थलि सडक निर्माणका लागि २० लाख रकम बिनियोजन गरिएको छ ।

– बनेपा नगरपालिका वडा नम्बर ९ मा राजदास सहायक मार्ग सडकका लागि २० लाख रकम बिनियोजन गरिएको छ । वडा नम्बर ४, २ र १ का लागि नाला पुलबजारबाट मुलीफाँट हुदै टिमुरे चौरसम्मको कृषि सडकका लागि २० लाख रकम बिनियोजन गरिएको छ ।

– बनेपा नगरपालिकासंगको समपुरक योजना अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर २ का लागि बासाझाङ नगरकोट सडक का लागि २ करोड बजेट रहेको छ ।

– बनेपा नगरपालिका वडा नम्बर ३ पेवा गौडा थुमाचौर नन्दादेवी काभ्रेडाँडा बाटो सडकका लागि २ करोड बजेट रहेको छ ।

– बनेपा नगरपालिका वडा नम्बर ६ का लागि कुइकेल मार्गका निम्ति २ करोड बजेट रहेको छ ।

– बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालका लागि विशेष योजना अन्तर्गत डिप बोरिङ खानेपानी योजनाको लागि ६० लाख बजेट बिनियोजन गरिएको हुमागाईका स्वकिय सचिव जयराम केसीले जानकारी दिए ।

साथै प्रदेशले अनुदानका रुपमा दिएको र पालिका आफैले खर्च गर्न पाउने गरि दुई करोड चौध लाख बिनियोजन गरिएको छ । यसमा उल्लेखित योजनाहरु बनेपा नगरपालिकाले नगरपालिका अन्तर्गत प्रयोग गर्ने योजनाहरु हुन् । यस बाहेक प्रदेश मन्त्रालय, विभाग र जिल्लाका कार्यलयबाट खर्च हुने योजनाका विवरण केही समयमा सार्वजानिक गर्ने हुमागाईका स्वकिय सचिव केसीले बताए ।

यससँगै बनेपा नगरपालिकाले कुल १० करोड २४ लाख रकम यश योजनामा खर्च गर्ने छ । जसमा ७ करोड २४ लाख प्रदेश मार्फत अनुदान रहने छ भने साझेदारी कार्यक्रममा ३ करोड रकम नगरपालिकाले खर्च गर्नुपर्नेछ ।


तपाईको प्रतिक्रिया