मेलम्ची – सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिका वडा नं २ को वडा कार्यालय र ईलाका प्रहरी कार्यालयको भवन बाढीले बगाएको छ । असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले दुई कार्यालयलाई बगाएको हो । असार १ गतेदेखि नै जोखिममा रहेका ती कार्यालयहरू गएरातिको बाढिले बगाएको हेलम्बु गाँउपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

उनका अनुसार बाढीले थप मानवीय क्षति भने भएको छैन । त्यस्तै सिन्धुपाल्चोक जिल्लाकै मेलम्ची नगरपालिका वडा नं ६ स्थित तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको भवनमा क्षति पु¥याएको छ । निरन्तर आइरहेको बाढीले हेलम्बु गाँउपालिका ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन पनि बगाएको छ । बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ ।


तपाईको प्रतिक्रिया