काभ्रे (धुलिखेल) – काभ्रेमा आज एकैदिन १ सय २७ जना उपचारपछि संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ३ जना महिला र ९ जना पुरुष, धुलिखेल नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ जना पुरुष, चौंरीदेउराली गाउँपालिकाबाट २ जना महिला र २ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष र रोशी गाउँपालिकाबाट १ जना पुरुष गरी २४ जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा बनेपा नगरपालिकाबाट २ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष, पनौती नगरपालिकाबाट ४ जना महिला र ४ जना महिला र रोशी गाउँपालिकाबाट १ जना महिला र ४ जना पुरुष गरी १४ जनाको पोजेटिभ रोपोर्ट आएको छ ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १० हजार ६ सय २१ पुगेको छ । जसमध्ये जना ९ हजार ४ सय जना ६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले १० हजार ५६ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ५९ जनाको मृत्यु भइसकेको छ ।


तपाईको प्रतिक्रिया