काभ्रे (पाँचखाल) – बागमती प्रदेश सदस्य सांसद लक्ष्मण लम्सालले जिल्लाको पाँचखाल नगरपालिका अनैकोटका अग्नी पीडित बाबुराम बिकाको परिवारलाई सहयोग गरेका छन् ।

बाबुरामको घर आगलागी हुदाँ उनका मामा हर्क बहादुर बिकको निधन भएको थियो । त्यस्तै आगलागीका कारण एकसरो कपडा बाहेक घरमा भएको अन्न्नपात जायजेथा सबै जलेर नस्ट भएको थियो ।आगलागीको घाउमा मलहम लगाउन आफू बाबुरामलाई सहयोग गर्न आएको सासंद लम्सालले बताए ।

सांसदसँगै पुगेको युवा टोलीले बाबुरामको परिवारलाई नगद सहित राहत सामग्री वितरण गरेको हो । युवा संघ नेपाल केन्द्रिय सदस्य पुरुषोत्तम आचार्यको पहलमा ४५ हजार ५ सय नगद संकलन गरेर माननीय लम्सालले पीडितलाई हस्तान्तरण गरेकाछन । नगद, खाधन्न्न सामाग्री २ बोरा चामल, तेल मसला, १ थान ब्यल्यङ्केट २ थान सिरानी, झुल १ थान र केही कपडा सहित माननीय लक्षमण लम्सालले आग्लागी बाट नस्ट भयको घर र मृतक को परिवारलाई हस्तान्तरण गरिएको छ ।

राहत लिएर लम्साल सहित युवा संघ नेपाल केन्द्रिय सचीव भेष राज साह, केन्द्रिय सदस्य पुरुषोत्तम आचार्य, अनेरास्ववियु काभ्रे जिल्ला अध्यक्ष बदन भण्डारी, पाँचखाल नगर कमिटी पाटी अध्यक्ष रबिन्द्र सिपखान, पाटी सजिब सुर्य भेट्वाल, शिव राम दहाल लगायत अग्नी पीडित बिकको घरमा राहत लिएर पुगेका थिए ।

 


तपाईको प्रतिक्रिया