काभ्रे (धुलिखेल) – निरोगी समाज निर्माणका लागि काभ्रेका विभिन्न स्थानमा गुर्जो वितरण गरिएको छ । विश्व रक्तदाता दिवसको अवसरमा निरोगी समाज निर्माणका लागि विभिन्न स्थानमा गुर्जोरोपण गर्नुको साथै गुर्जो वितरण गरिएको हो ।

धुलिखेल जूनियर जेसिजको आयोजना र धुलिखेल उद्योग वाणिज्य संघ, र धुलिखेल जेसीजको सहआयोजनमा धुलिखेल अस्पताल चोकमा सञ्चालित रक्तदान कार्यक्रममा गुर्जो अभियान्ता एवं आन्तिरक राजश्व कार्यालय काभ्रेका कार्यालय प्रमुख कमल बहादुर राजलवटले सहभागी ३९ जना रक्तदातालाई गुर्जोको चिया प्रदानका साथै गुर्जोको विरुवा पनि वितरण गरिएको धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले जानकारी दिए ।

उनका अनुसार हकं पोखरीमा गुर्जोरोपण गर्नुको साथै सलमपाखा अधिकारी टोल, शिव सरस्वति सेवा समिति सलमपाखा लगायत विभिन्न स्थानहरूमा गुर्जाे चिया सेवन गराउदै गुर्जाे बेर्ना वितरण गरिएको थियो । कोरोना संक्रमित व्यक्ति तथा परिवारहरूलाई गुर्जाेको औषधी गुर्जोको बेर्ना र गुर्जोको चिया वितरण गरिएको उनले बताए ।

त्यस्तै उक्त अवसरमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (न्याथम) रविभवनका कार्यकारी निर्देशक दिपक थापालाई कार्यालय प्रमखु राजलवटले २०० गुर्जाेको बेर्ना तथा गुर्जाे चिया प्याकेट हस्तान्तरण गरिएको थियो । बालकोट स्थित रेडक्रसका सभापतिलाई पनि ४ सय गुर्जोको बेर्ना हस्तान्तरण गरिएको थियो ।


तपाईको प्रतिक्रिया