काभ्रे (धुलिखेल) – पछिल्लो २४ घण्टामा काभ्रेमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज एकैदिन २ सय ६३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ८ जना महिला र ११ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना महिला २ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, भुम्लु गाउँपालिकाबाट ४ जना पुरुष र चौंरीदेउराली गाउँपालिकाबाट २ जना महिला गरी ३४ जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा बनेपा नगरपालिकाबाट १ जना पुरुष, पनौती नगरपालिकाबाट ४ जना पुरुष र चौंरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष गरी ६ जनाको पोजेटिभ रोपोर्ट आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १० हजार ५ सय ८३ पुगेको छ । जसमध्ये जना ९ हजार २ सय जना ७९ संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले ११ सय ४५ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काभ्रेमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पाँचखाल नगरपालिकाका ४६ वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार मृतकमा जेष्ठ १३ गते संक्रमण पुष्टि भएको थियो । कार्यालयका अनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ५९ जनाको मृत्यु भइसकेको छ ।


तपाईको प्रतिक्रिया