काभ्रे (धुलिखेल) – नेपाल रेडक्रस सोसाइटी काभ्रे  शाखाले आफ्ना सबै उपशाखा र आईसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्लाका सबै उपशाखाहरूलाई ६ सय थान सर्जिकल मास्क, १५ थान एन–९५ मास्क, ५ सय एमएलको एक बोतल सेनिटाइजर, ९ थान फेसशिल्ड, केही साबुन र १ थान २० लिटरको बाल्टिन वितरण गरिएको छ ।  स्थानीय तहका आईसोलेसन सेन्टरका लागि ५ सय थान सर्जिकल मास्क, ६ थान सुपानेट झुल र ३ थान पिपिइ सेट हस्तान्तरण गरिएको हो ।

त्यसैगरी नेरेसो काभ्रे अन्तरगत सन्चालित आर.इ.टि.एस.एस परियोजनाबाट पालिकाको स्वास्थ्य संस्थालाई स्ट्रेचर सहितका स्वास्थ्य सामग्रीहरु सम्बन्धित पालिका मार्फत हस्तान्तरण गरिएको छ ।जिल्लाका सबै उपशखाहरुलाई कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको रेडक्रस काभ्रे जिल्ला शाखाका संयोजक नारायण प्रसाद ढुङ्गानाले बताए ।

उनका अनुसार बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर, धुलिखेल र नमोबुद्ध नगरपालिका, रोशी र बेथानचोक गाउँपालिकाहरुले सन्चालन गरेको आईसोलेसन सेन्टरका लागि पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

 


तपाईको प्रतिक्रिया