काभ्रे (धुलिखेल) – काभ्रेमा आज थप ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज एकैदिन १ सय ६४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ६ जना महिला र ७ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ३ जना महिला र २ जना पुरुष, पनौती नगरपालिकाबाट २ जना महिला, पाँचखाल नगरपालिकाबाट ४ जना परुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ जना महिला र ३ जना पुरुष, भुम्लु गाउँपालिकाबाट ४ जना महिला र १ जना पुरुष र चौंरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष गरी ३६ जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा तेमाल गाउँपालिकाबाट ३ जना महिला, पनौती नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष र महाभारत गाउँपालिकाबाट १ जना पुरुष गरी ८ जनाको पोजेटिभ रोपोर्ट आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १० हजार १ सय ९९ पुगेको छ । जसमध्ये जना ८ हजार २ सय २३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काभ्रेमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लाको मेल्चीकी ५२ वर्षीया महिला र धुलिखेल नगरपालिकाकी ४८ वर्षीया महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा जेष्ठ २६ गते मृत्यु भएको कार्यालयका प्रमुख डा.झाले बताए । त्यस्तै मण्डनदेउपुरका ६२ वर्षीय पुरुषको उपचारको क्रममा सैनिक अस्पतालमा आज मृत्य भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार योसँगै कोरोना संक्रमणका कारण काभ्रेका १ सय ५२ जनाको मृत्यु भएको छ ।

१२ सय २७ जनाले आज कोरोना विरुद्धको खोप लगाए
काभ्रेमा आज ६२ देखि ६४ वर्षका उमेर समूहका १२ सय २७ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार ६ सय ३ जना महिला र ६ सय २४ जना पुरुष गरी १२ सय २७ जनाले आज कोरोना विरुद्धको खोप लगाएका छन् ।


तपाईको प्रतिक्रिया