काभ्रे (बनेपा) – समस्यामा परेका श्रमिकलाई नेकपा (माओवादी केन्द्र) बनेपा नगरले राहत सामग्री वितरण गरेको छ । केन्द्रले लकडाउनका कारण खाद्यान्न सकिएर समस्यामा परेका श्रमिकहरुलाई राहत वितरण गरेको हो ।

बनेपा नगरभित्र बसोबास गर्दै आएका श्रमिक, अपांग तथा जेष्ठ नागरिक, एकल महिलाहरुलाई लक्षित गरि राहत वितरण गरिएको हो । माओवादी बनेपा नगरले तेश्रो चरणको राहत वितरणमा बिहीबार बनेपाको नयाँबस्तीमा २ केजी दाल, १५ केजी चामल, १ लिटर तेल, नुन, साबुन लगायतका सामानहरु राहत स्वरुप उपलब्ध गराएका थिए ।

सापकोटा राइल मिलका प्रोपाइटर दिनेश सापकोटाले ५ हजार बराबरको खाद्यान्न लगायतका सामाग्री सहयोग स्वरुप उपलब्ध गराएका थिए भने सामान बोक्न यातायातको व्यवस्थापन आर.पि.फर्निचरका संचालक पुरुषोत्तम नेपालले गरेका थिए । महामारीमा रोगले भन्दा पनि भोकले नागरिक समस्यामा नपरुन् भन्ने उद्देश्यले राहत वितरण गरिएको माओवादी भोला अर्यालले बताए ।

‘जसलाई समस्या छ संपर्क गरौं हामी घरमै पुर्याउन आउनेछौं,’ उनले भने, ‘तर राहत संकलन थुपार्ने काम नगरौं यस्तो गर्दा वास्तविक पीडित राहतबाट बञ्चित हुन जान्छ ।’ सबै मिली एकले अर्कोलाई सहायता गर्न अर्यालले अनुरोध गरे । करीब २५ जनाको परिवारले राहत प्राप्त गरेको उनले बताए ।

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य भोलाप्रसाद अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपाका इन्चार्ज एवम् माओवादी केन्द्रका जिल्ला सदस्य राजन अधिकारी, युवा नेता मीनराज के.सी., पर्शुराम दाहाल, सुरथ केंसी, कल्पना लामालगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।


तपाईको प्रतिक्रिया